खाद्य र साल्ट ट्रेडिङले केही वस्तुमा छुट दिने, चामल र कर्णालीको सिमीम २० प्रतिशत

फिल्को मिसन

२०७८ जेठ ,२० बिहिबार
काठमाण्डौ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताउनुभएको थियो ।
दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्दा यो छुट पाइने व्यवस्था गरिएको थियो ।
कर्पाेरेशनले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ । पाँच जनासम्मको परिवारलाई एउटा ग्यास सिलिन्डर, एक लिटर तेल र पिठो, चिनि र नुन २ केजीका दरले उपलब्ध गराइने साल्ट ट्रेडिङ कर्पोरेशनले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस