प्रेस काउन्सिल नेपालको अध्यक्षपदमा बस्नेत नियुक्त

फिल्को मिसन

२०७८ जेठ,२०विहीबार
काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त जनाकारी दिएको छ ।
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा कानुन व्यवसायीसमेत रहेका बस्नेत लाई मन्त्रिपरिरषद बसेको बैठकले नियुक्ती गरेको हो ।
काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकाल,उनको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएरै बित्यको छ । काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस