विश्वकप छनोट: चाइनिज ताइपेईमाथि नेपालको जित

फिल्को मिसन

2०७८जेठ,२०विहिबार

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जित दर्ता गरेको छ। जाबेद अल–अहमेद इन्टरनेसनल स्टेडियममा सकिएको खेलमा नेपालले ताइपेईलाई २–० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल भने खेलको तेश्रो मिनेटमा अञ्जनले पेनाल्टी गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । कुवेतको जावेद अल महम्म रंगशालमा भएको खेलमा खेल अवधिभर नेपालले ताइपेईलाई दबाबमा राखेको थियो। खेलको तेश्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।
२१ महिना अघि चाइनिज ताइपेइलाई उसकै मैदानमा २–०ले हराएको नेपालले त्यसबाहेकका सबै ४ खेलमा पराजय भोगेको छ । फिफा वरियतामा आफूमाथि रहेको टोलीलाई त्यतिबेला पराजित गरेको टोलीले यसपटक बिहीबार भएको खेलमा नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ। अहिलेको टोलीमा व्यापक परिर्वतन भइसकेको छ । विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्ध जित दिलाएको टोलीको पहिलो रोजाइका ११ खेलाडीमध्ये अहिले ५ जनामात्र टोलीमा छन् । जसमध्ये देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, रवि पासवान र विमल घर्तीमगर छैनन् । रविबाहेक सबै खेलाडी चोटका कारण मैदान बाहिर छन् ।
नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित छ। नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक छ ।

प्रतिक्रिया दिनुहोस