विवादबीचैमा प्रधानन्यायाधीश जबराले बोलाए ’फुल कोर्ट’

फिल्को मिसन

२०७८जेठ,२१ शुक्रबार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् । संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न शुक्रबार ‘फुल कोर्ट’को बैठक बोलाएको छ । शुक्रबार ‘पूर्ण इजलास बस्दैछ । सर्वोच्च स्रोतका अनुसार सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु लिनेछ । बादी पक्षका वकिलहरूले अनेक कानुनी प्रश्न उठाए पनि न्यायाधीशद्वय केसी र श्रेष्ठले मंगलबार आफूहरुले संवैधानिक इजलास छाड्नुपर्ने कुनै कारण नभएको राय दिएका थिए। तर उनीहरुलाई इजलासबाट हटाउनुपर्ने पक्षमा रहेका न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्न नसक्ने भन्दै बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस