कोरोना संक्रमणबाट मुगुमा दुई जनाको मृत्यु

फिल्को मिसन

२०७८जेठ, २० विहीबार
मुगु । कोरोना भाइरस संक्रमणका कारण मुगुमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । कोरोनाका कारण विहीबार छायानाथ रारा नगरपालिका–२ का ४० वर्षीय एक पुरुषको मृत्यु भएसँगै मुगुमा मृतकको संख्या २ पुगेको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका जन स्वास्थ्य अधिकृत रितिजा रावलका अनुसार कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालमा उपचाररत उक्त पुरुषको आज मृत्यु भएको हो ।
यसअगाडि छाथाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको थियो । हालसम्म मुगुमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस