छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन राष्ट्रपतिको आह्वान

२०७८जेठ,२१शुक्रबार
काठमाण्डौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन आह्वान गर्नुभएको छ ।
जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ । वि.सं. २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको अवसर स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जात–जाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनसमेत यस दिवसले सबैलाई अभिप्रेरित गर्ने अपेक्षा गर्नुभएको छ