श्रीमतिको उपचार गर्न नआएको भन्दै स्वास्थ्यकर्मी माथि हातपात

फिल्को मिसन

२०७८जेठ,२१शुक्रबार
हुम्ला । चंखेली गाउँपालिका कार्यरत स्वास्थ्य संयोजकमाथि शिक्षकलले कुटपिट गरेका छन् । कोरोना संक्रमित श्रीमती होम आईसोलेशनमा बसेको र दैनिक बिरामी भेट्न नआएको भन्दै शिक्षकले स्वास्थ्यकर्मीमाथि हातपात गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य संयोजक काली बहादुर बुढालाई शिक्षक अम्रित रोकायाले कुटपिट गरेको
जिल्ला अस्पतालकी स्वास्थ्यकर्मी सरिता बोहराले बताईन । संयोजक बुढाको शरिर माथि आगो लगाउने भन्दै स्प्रीड पनि छरिएको तर नजिकै अन्य मानिस भएको कारण घटना हुन नपाएको उनले बताईन । स्वाथ्य जस्तो संवेदनशिल क्षेत्रमा उपचारकै क्रममा स्वास्थ्यकर्मीमाथि यस प्रकारको दुव्र्यवहार प्रदर्शन गर्नुले स्वास्थ्यकर्मीको मनोवलमा नकारात्क प्रभाव पार्नुका साथै स्वाथ्य सेवा प्रवाहमा समेत नकारात्मक असर पारेको जिल्ला अस्पतालकी स्वास्थ्यकर्मी बोहराले बताउनु भयो ।
त्यसैले यस्ता अपराधिक मानसिकता बोकेका व्यक्ति समुह वा जो कोहिलाई जेल विथआउट बेल को प्रावधान लागु गर्न नेपाल स्वास्थ्यकर्मीहरुकोे माग गरेको छ । घटनाका बारेमा सत्य तत्थ्य बुझ्न र अनुसन्धान गर्न प्रहरी पठाएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । सरकारले बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुविरुद्ध कडा सजाय गर्न अध्यादेश ल्याउने निर्णय गरेकै दिनमा हुम्लाको चंखेली गाँपापलिका कार्यारत स्वास्थ्य संयोजक माथि कुटपिट भएको छ । अध्यादेशमा कसुर र सजाय सम्बन्धी व्यवस्थामा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउन गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पु¥याउने कार्य गरेमा र स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई दुईलाख रुपैयाँसम्म जरिवार वा चारवर्षसम्म कैद वा दुवै सजायको प्रस्ताव गरिएको छ। यस्तै, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुनै किसिमको धक्मी दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्ने गरेमा पचार हजार रुपैयाँ सम्म जरिवाना वा एकवर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

 

प्रतिक्रिया दिनुहोस