सांसदबाट हटाएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

फिल्को मिसन

२०७८जेठ,२१ शुक्रबार
काठमाडौं । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूलाई प्रक्रिया नपु¥याई सांसदबाट हटाएको विरोधमा उनी शुक्रबार सर्वोच्च अदालत पुगेका हुन्।
जनमोर्चाले बिहीबार उनलाई गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो । पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले सर्वोच्चमा रिट दर्ता गरेका छन् ।
राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए । त्यसपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।
थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकै निरन्तरता चाहेका थिए । तर उनको दल जनमोर्चाले नेपाली कांग्रेस लगायत विपक्षी दलसँग गठबन्धन गरी कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनाउन चाहेको थियो ।
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले आफूले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस