वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन
२०७८जेठ,२१शुक्रबार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत छन्। नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमाथि सुनुवाईका लागि उनले संवैधानिक इजलास गठन गर्दा वरिष्ठतालाई ख्यालमा राखेका हुन् । सर्वोच्च बारका पदाधिकारीसँग मंगलबार भएको छलफलमा प्रधानन्यायाधीश राणाले कार्यसञ्चालन नियमावली परिवर्तन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्ने बताएका छन्।
इजलासमा राणासहित न्यायधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । उनीहरु सर्वोच्च अदालतका वरिष्ठतम न्यायधीशहरुमध्येका हुन् ।
यसअघि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलास गठन गर्दा वरिष्ठता मिचेको भन्दै आलोचना भएको थियो । न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नै छाडेका थिए । जेठ १४ गते प्रधानन्यायाधीश राणाले प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको विषयको मुद्दा हेर्न संवैधानिक इजलास गठन गरेका थिए। उक्त इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे रिट निवेदक पक्षका वकिलहरुले प्रश्न उठाएका थिए। उनीहरूले नेकपाको विभाजन गरेर साविकको अवस्थामा फर्काएका न्यायाधीश श्रेष्ठ र यसअघि विघटनको मुद्दा हेरेका तेजबहादुर केसी इजलासमा बस्न नमिल्ने बताएका थिए