उपप्रधानमन्त्री सहित जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीले शपथ लिँदै

फिल्को मिसन

२०७ जेठ,२१शुक्रबार
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको आजै वेलुका ८बजेतिर शपथ ग्रहणको तयारी भएको छ । ठाकुर पक्षबाट उपप्रधानमन्त्री ८ मन्त्री र २ जना राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने नेता लक्ष्मणलाल कर्णले बताए ।
जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतो उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री बन्नुहुने भएको छ । जसपाका नेता केशव झाका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी मन्त्रीमा अनिल झा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा विमल श्रीवास्तव, वन तथा वातावरण मन्त्रीमा उमाशङ्कर अगरिया, भूमि सुधार मन्त्रीमा लक्ष्मणलाल कर्ण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा चन्दा चौधरी, युवा तथा खेलकुदमा एकबाल मिँयाको नाम टुङ्गो लागेको छ । यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र रेणुका गुरुङको नाम राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ।

जसपबाट मन्त्री बन्ने १० जना यसप्रकार छन्। 

          १.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास

२.शरत सिंह भण्डारी – उर्जा तथा जलस्रोत

३.अनिल झा- खानेपानी तथा सरसफाई

४.बिमल श्रीवास्तव- श्रम तथा रोजगार

५.उमाशंकर अरगरिया- युवा तथा खेलकुद

               ६.लक्ष्मण लाल कर्ण-  भूमि व्यवस्था तथा सहकारी

७.चन्दा चौधरी – महिला तथा बालबालिका

८.एकवाल मियाँ- वन तथा वातावरण

९. चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा

१०.रेणुका गुरुङ – राज्य मन्त्री महिला

प्रतिक्रिया दिनुहोस