संरक्षणका पहलहरुलाई जोड दिँदै विश्व वातावरण दिवस मनाए

फिल्को मिसन

२०७८ जेठ २२,शनिबार
हुम्ला । वातावरण संरक्षणका पहलको वकालत गर्दै शनिबार विश्व वातावरण दिवस मनाएका छन । नेपालमा ‘ नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइने गरे पनि यस वर्ष औपचारिक कार्यक्रम प्रभावित भएका छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण यो वर्ष भर्चुअल छलफल गरी विश्व वातावरण दिवस मनाइँदैछ । विभिन्न संघसंस्थाले भर्चुअल छलफल कार्यक्रम आयोजना गरेका छन् । संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ।
हालै सरकारले ल्याएको आउँदो वर्षको बजेटमा चुरे क्षेत्रबाट ढुंगा गिट्टी, बालुवासहितका नदीजन्य सामग्रीको दोहन गर्नका लागि मार्ग प्रशस्त गरेको भन्दै संरक्षणकर्मीसहित विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । सरकारले चुरे दोहनको कुनै उद्देश्य नरहेको बताए पनि बजेटको व्यवस्थाले विगत सात वर्षदेखिको प्रतिबन्ध फुकुवा गरेको भन्दै विरोध भइरहेका बेला वातावरण दिवस मनाउन लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस