स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि प्रहरी निरीक्षकको टोली चंखेलीतर्फ
२०७८ जेठ,२२शनिबार
सिमकोट । हुम्लाको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक माथि कुटपिट भएको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यलय सिमकोट बाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ।
गाउँपालिका स्वास्थ्य शाखका संयोजक कालिबहादुर बुढा माथि आक्रमणका घटना भएको बारेमा सत्य तथ्य बुझन जिल्ला प्रहरी कार्यलय निरीक्षकको टोली सदरमुकाम सिमकोटबाट घटनास्थलतर्फ गएको छ। शुक्रबार अबेर जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति निकालेर घटनाका सम्बन्धमा सत्य तत्थ्य बुझ्न प्रहरी निरीक्षकको नेतृत्वमा सात जना प्रहरी पठाएको र टोलीले घटनाका बारेमा बुझेपछि आवश्यक कदम चालिने जनाएको छ। कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका थिए।