माओबादी केन्द्रले अदानचुलीमा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री बितरण

२०७८ जेठ,२२शनिबार
हुम्ला । नोबेल कोरोना भाइरसको प्रभाब बढेसंगै नेकपा माओबादी केन्द्रले अदानचुली गाउँपालिमा बिभिन्न ठाउँहरुमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । माओबादी केन्द्र अदानचुली गाउँकमिटीले शनिबार प्रत्येक घरमा साबुन,मास्क र सेनीटाईजर बितरण गरेको गाउँ कमिटिका ईन्चार्ज कर्ण रोकाया सुधारले बताए ।
अदानचुली गाउँपालिकाका ६ वटै वडाका वडा कमिटीलाई २५० का दरले नुहाउने साबुन,५ सय पिस सर्जिकल मास्क र स्यानीटाईजर प्रत्येक घरधुरीलाई एक पिस साबुन र १ मास्क वितरण गरेको छ । यससँगै स्वास्थ्य शाँखालाई आबश्यक पर्ने १० वटा थर्मोमिटर,९ वटा पिपिइ सेट र ५ वटा चस्माहरु गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महतारालाई हस्तान्त्रण गरीएकोे छ ।
संसद छक्क बहादुर लामा,नयनसिहं नेपाली प्रगतिशल बोगटी लगायतका नेताहरुको समन्वयमा ३ हजार वटा मास्क,१० वटा थर्मो मिटर,९ वटा पिपिइ सेट,२० लिटर स्यानीटाईजर र ५ वटा चस्मा लगायतका समग्री जुटाएको दलति अगुवा नैयनसिह नेपालीले बातए । ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले ब्यक्तिगत रुपमा १५ काटुन साबुन खरीद गरी अदानचुली गाउँपालिकामा सहयोग गरेका छन । माओवादी केन्द्र गाउँकमिटीले विभिन्न स्थानहरुमा स्वास्थ्य सुरक्षाको सामग्री तथा संक्रमितलाई आवश्यक पर्ने औषधि वितरण गरेको छ ।