विश्व वातावरण दिवसकै अवसरमा सिमकोटका युवाले गरे वृक्षरोपण

अर्जुन बोहरा

२०७८ जेठ २२,शनिबार
हुम्ला । विश्व वातावरण दिवसका अवसर पारेर आज सिमकोट गाउँपालिका– ५का युवाहरुले शिवमन्दिर परिसरमा वृक्षरोपण गरेका छन् । नेपालमा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने नाराका साथ यो दिवसमा सिमकोटमा पनि युवाहरुले वृक्षरोपण गरेर मनाएको युवा रोहित रोकायाले बताए ।
धार्मिक महत्वका साथै पर्यावरणीय स्वच्छता बढाउनका लागि शनिबार वृक्षरोपण गरिएको सिमकोट गाउँपालिका वाडनं ५का युवा इश्वर बोहराले फिल्को मशिन डकम लाई बताए ।
मन्दिर हुँदै भिउँढुङ्गा जोड्ने बाटोको सौन्दर्यीकरणका लागि धुपी, सल्लाहा लगायतका,अन्य विरुवा रोपिएको छ । बिरुवा रोपेर त्यसै नछाड्न आग्रह गर्दै सिमकोटका युवाहरुले निरन्तर अनुगमन र बिरुवाकोे रेखदेख गर्न सबैं लाइ अनुरोध गर्नुभएको छ ।
“शिवालय मन्दिर र भिसेनलाई हानेको भिउँढुङ्गा जोडेर धार्मिक गन्तव्यस्थल बनाउने लक्ष्य लिएका छौँ”, रोकायाले भने । वृक्षरोपणमा स्थानीय युवा लगायत सर्वसाधारण सहभागी भएका थिए । धार्मिक महत्व राख्ने शिव मन्दिर र भिउँढुङ्गा नासिँदै गएका बेला तिनको संरक्षणसमेत गरिने विश्वास लिइएको बताए । संरक्षण अभावमा ऐतिहासिक मन्दिरको अस्तित्व नासिने स्थितिमा पुगेकोछ छ । जीर्ण अवस्थामा पुगेको भिउँढुङ्गा पुरातात्विक कला, कौशल झल्कने गरी पुनःनिर्माण गरिने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण सहरबाट फर्किेएकाहरुले शिब मन्दिरमा छलफल गरी विश्व वातावरण दिवस मनाएका छन ।

प्रतिक्रिया दिनुहोस