गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिंदै

फिल्को मिसन

२०७८जेठ,२७विहीबार
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन ।
मुख्यमन्त्री गुरुङलाई चाहिने मत उनको दल नेकपा (एमाले) सँग मात्र छैन । गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद रहेका छन् । एमालेका यी सांसद पनि अहिले दुई खेमामा विभक्त छन् । जसअनुसार गण्डकी प्रदेशमा माधव नेपाल पक्षका एक जना मात्र सांसद रहेका छन् । उनले यसअघि नै आफूले मुख्यमन्त्री गुरुङलाई नै साथ दिने घोषणा गरिसकेका छन् ।

अर्कोतिर विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३, जसपा २ र स्वतन्त्र १ जना रहेका छन् । यो गठबन्धनका लागि बहुमत पुर्याउन एक मतको आवश्यकता रहेको छ । जनमोर्चाका तीन सांसद एकजुट नहुँदा गण्डकीमा विपक्षी गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने अवस्था आएको हो । विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस