अमेरिकाले ९२ देशलाई ५० करोड फाइजर खोप उपलब्ध गराउने

फिल्को मिसन

२०७८जेठ,२७विहीबार
एजेनसी ।अमेरिकाले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोप उपलब्ध गराउनेघोषण गरेको छ ।

अमेरिकाले विश्वभरिका ९२ देशलाई कोरोना भाइरसविरुद्धको खोप वितरण गर्ने भएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना भाइरसविरुद्धको फाइजर खोपको ५० करोड मात्रा अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारीगरेको हो ।
राष्ट्रपति जो बाइडनको प्रशासनले सय वटा देशलाई उपलब्ध गराउने गरी उक्त खोप वितरण गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ । अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस