हुम्लका स्वास्थ्य संस्थालाई सामग्री सहयोग

फिल्को मिसन

२०७८जेठ,२७ विहीबार
हुम्ला। हुम्लाका सातैवटा गाउँपालिकाका ७० वटा स्वास्थ्य संस्थालाई कोभिड–१९का सामग्री सहयोग गरेको छ ।
हुम्ली सेवा समाज नेपालगञ्जमा आबद्ध १४ व्यक्तिको संयुक्त आर्थिक सहयोगमा २ लाख ५० हजार बराबरकोे स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
विश्वव्यापी महामारिका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दिनानुदिन तीव्रगतिमा फैलिरहेको अवस्थामा दुर्गम जिल्ला हुम्लाका स्वास्थ्य संस्थालाई ती सामग्री सहयोग गरिएको नेपालगञ्जमा बसोबास गर्दै आएका सिमकोट–५ का जीवन बोहराले बताए।
हुम्लामा भौतिक पूर्वाधार, स्रोत साधन र जनशक्तिको अभावलगायतका विभिन्न प्रतिकूल अवस्था र महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यका साथ समाजले उक्त सामग्री सहयोग गरेको हो।
पछिल्लो समयमा हुम्ला जिल्लाका सबै स्थानिय तहमा नयाँ भेरियन्ट सहितको कोरोना भाईरसले आक्रान्त पारेको अबस्थामा हुम्ला जिल्ला स्थायी घरभैई नेपालगन्ज ,बाँके को बसोबास गर्ने बाँके – हुम्ला सुचना संचार समुहका सदस्यहरूले हुम्ला जिल्लाका ७० वटा स्वास्थ्य संस्थाहरूलाई २ लाख ५० हजार बराबरको प्रति स्वास्थ्य संस्थालाई पल्स अक्सिमिटर – थान १ , डिजिटल थर्माेमिटर –थान १ र माक्स ५०० का दरले ७० वटा स्वास्थ्य संस्थालाई जिल्ला प्रसासन कार्यलय हुम्ला र जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको माध्याम मार्फत पुग्नेगरि ७० वटा पोका पठाईसकेको नेपालगञ्जमा बस्दै आउनु भएका धनबहादुर ऐडीले बताए । जिल्लाका सिमकोट, नाम्खा, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि हवाईजहाजमार्फत पठाएको छ भने ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका लागि पैदल मार्ग बाट पठाएको शाहीलेबताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस