कोरोना संक्रमण बीच हुम्लामा रोपाइँको चटारो
२०७८जेठ,२७ विहीबार
हुम्ला । कोरोना महामारीबीच दक्षिण हुम्लाका किसानलाई रोपाइँको चटारो चलेको छ । जिल्ला सदरमुकाम सिमकोट देखि अधिकाँस गाउँपालिकामै कोरोना भाइरसको संक्रमण भइरहेको बेलामा हुम्लाको दक्षिण क्षेत्र ताँजकोट, अदनचुली,चंखेली र सर्केगाढ गाउँपालिका यो वर्षको रोपाइँकोे चटारो चलेकोको अदनचुली गाउँपालिका स्थानिय बासिदा जयराज सन्जायलले जानकारी दिनु भयो ।
केही दिनअघि पर्याप्त वर्षा हुँदा रोपाइँ गर्नका लागि सहज भएकाले र सिंचाई भएको गाउँका किसानहरु रोपाइँ शुरु गरेको छन । रोपाइँका लागि गाउँमा पर्म गर्नुका साथै अर्को टोलबाट पर्म खोज्नु भन्दा एकैटोलका मानिसले मात्रै मिलेर रोपाइँ गरिरहेको ताँजकोटका स्थानीय जय बहादुर बुढाले बताए । गाउँ–गाउँमा कोरोना भाइरसको संक्रमण हुँदा घरकै सीमित मानिस मात्रै रोपाइँमा संलग्न छन् भने अर्कोतर्फ काठमाण्र्डौ लगायत अन्य स्थानबाट युवाहरू घर फर्किंदा रमाइलो पनि भएको कृषक बुढाले बताएका छन ।हुम्लाका रोपाइँ हने क्षेत्र दार्मा,सर्केगाढ,अदचुनलीको श्रीनगर र ताँजको गाउँपालिकाको पुइमा लगायत क्षेत्रमा रोपाई गरेका छन ।