मेलम्चीमा भिषण बाढी–पहिरो,मेलम्चीबासी रूवाबासी,सातको जना मृत्यु

फिल्को मिसन

२०७८ असार २ बुधबार
सिन्धुपाल्चोक (मेलम्ची)। अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची आसपास क्षेत्रमा व्यापक क्षति भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो देखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । मृत्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु ३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु ६ का च्याङ्बा तामाङ छन् । जिला प्रहरीका अनुसार अहिले सम्म दुई पक्की मोटरबेल सहित आधा दर्जन झोलुंगे पुल र घर बगेको छ । इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका हो भने बजार बगरमा परिणत भएको छ । बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् ।
हिजो देखि परेको अबिरल बर्षाका कारण देशका बिभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस