कर्णालीको धमिलो पानी खान्छन सर्केगार्डबासी

नरजन तामाङ्ग,

२०७८ असरा ३ विहीबार

हुम्ला।हुम्लाको सर्केगार्ड गाउँपालिका केन्द्रमा खानेपानीको हाहाकार भएको छ । मुहानबाट खानेपानी आउन छाडेपछि पाँच दिनदेखि खानेपानीको हाहाकार भएको हो । पाँच दिनदेखि धारोमा पानी नआउँदा नदीको धमिलो पानी खान बाध्य भएको सर्केगार्ड गाउँपालिका– ४ का भीमबहादुर सिंहले जानकारी दिए ।

विद्यालयमा रहेको एउटा धारोमा मात्रै सानो पानी आउने गरेको यहाँका स्थानीयले नदीको धमिलो पानी ल्याएर छानेर खाने गरेको सिंहले बताए ।धारोमा पानी आउन छाडेपछि बजार क्षेत्र मात्रै नभई गाउँघरमा पनि पानीको हाहाकार भएको सिंहको भनाइ छ । कर्णाली नदीको धमिलो पानी ल्याएर कहिले आकाशको पानी थापेर खाने गरेको स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।खानेपानी नपाउँदा बजार क्षेत्रमा ठूलो समस्या भएको सर्केगार्ड गाउँपालिका– ४ का नवीन शाहीको दुःखेसो छ ।

प्रतिक्रिया दिनुहोस