प्रसव ब्यथा लागेकी सुत्केरी महिलाको उद्धारा भएन

मन्धिर सिंह

२०७८ असार ,३गते बिहिबार
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका –६माथिल्लोगाउँ निवासी एक गर्भवतीको ज्यान जोखिममा रहेको छ । लगातर बर्षाकै कारणले सुत्केरी व्यथा लागेकी सोही गाउँपालिका –६माथिल्लोगाउँकी २७ वर्षीया जसमता रोकायाको पाठेघरमा रगत कम हुनुका साथै सेतो रगत चाहिने भएका कारण बच्चा जन्माउन नसक्दा ज्यान जोखिममा रहेको जिल्ला अस्पताल हुम्लाका डाक्टर टसी आंजुक लामाले बताए । लगातर बर्षाले गर्दा गर्भवती महिलाको खराब मौसमका कारण तीन दिनदेखि उद्धार हुन सकिरहेको छैन् ।उनको अवस्था नाजुक हुनुका साथै असार एक गते व्यथा लागेर उद्धारका लागी पहल भएपनि जिल्लाको मौसम खराब भएकाले जिल्ला बाहिर उद्धार हुन नसकेको बताइएको छ ।
प्रसव ब्यथा लागेकी गर्भवती महिलाको खराव मौसमको कारण तीन दिनदेखि हेलिकोप्टरबाट जिल्ला बाहिर उद्धारका लागि कठिनाई भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।
अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गरेर उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था भएको भएपनि लगातार वर्षा भईरहेको कारण हेलिकोप्टर उड्न सक्ने अवस्था नहरेको कारण उद्धार हुन नसकेको प्रजिअ आर्चायले बताउनुभयो ।
अस्पतालको प्रसुती गृहमा उपचार गर्दा रगत जम्ने कमी, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेशन जिल्लामा गर्न नसकिने भएपछि जिल्ला बाहिर रिफर गरिएको अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । लामो समयदेखि सुत्केरी व्यथा लागेकी गर्भवती महिलाको लगातार बर्षाले गर्दा कुनै पनि जहज उडान हुननसक्दा महिलाको उद्धारका ढिलाई भएको छ । उनले गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारका लागि पहल भइरहेको प्रजिअ आर्चायले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस