खराब मौसमका कारण कर्णालीका जिल्लामा हवाइ सेवा ठप्प

फिल्को मिसन

२०७८ असार,३गते विहीबार
हुम्ला । देशभर मौसम खराब हुनाले पाँच दिनदेखि हवाइ उडान प्रभावित बन्न पुगेको छ। विगत पाँचदिन देखि कर्णालीका जिल्लामा हुने नियमित उडान ठप्प भएको छ। केहि दिनदेखिको लगातार वर्षा र खराब मौसमका कारण कर्णालीमा हवाई सेवा ठप्प भएको हो। लगातारको पानी र खराब मौसमका कारण कर्णालीमा रहेका विमानस्थल बन्द भएका छन्।हुम्ला, डोल्पा र जुम्ला,मुगु, रुकुममा, र बाजुराको कोल्टी दैनिक उडान हुने गरेकोमा खराब मौसमका कारण उडान प्रभावित भएको एयर ट्राफिक कन्ट्रोल नेपालगञ्जले जनाएको छ।
लगातर बर्षातकै कारणले हुम्ला जिल्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प नै रहेको नागरिक उड्यन प्राविधिकरण सिमकोट विमास्थलका प्रमुख नवाराज कटुवाले जानकारी दिए। उनले भर्ने मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ।’खराब मौसम, निरन्तरको पानीले पाँच दिनदेखि सिमकोट लगायतका विमानस्थल बन्द भएको छ । कर्णाली क्षेत्रका लागि नेपालगञ्ज र सुर्खेतबाट सीता, तारा, गोमा, नेपाल एयरलाइन्स लगायतका सरकारी तथा नीजि विमान कम्पनीले सेवा दिँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस