गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत
२०७८असार,४शुक्रबार
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जनाको मत प्राप्त गर्नुभयो छ । बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो ।