पदमुक्त नगरिएको भन्दै माओवादीका नेताहरु निर्वाचन आयोगमा

फिल्को मिसन

२०७८असार,४शुक्रबार
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका छन्।
एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
रामबहादुर थापा, टोपबहादुर रायमाझी सहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताउनुभयो । विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताउनुभएको थियो ।
माओवादी छाडेर एमाले बनेका पूर्वमन्त्री समेत रहेका टोपबहादुर रायमाझी र प्रभु शाह आयोग पुगेर पदाधिकारीसँग छलफल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस