जसपाको यादव पक्ष वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा
२०७८असार,४शुक्रबार
काठमाण्डौं । पार्टीको आधिकारिकताका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा दाबी पेश गरेको छन।
अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार निरुपणका लागि निवेदन दिएका हुन् । कार्यकारिणी समितिमा बहुमत जुटाएको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार नेतालाई कारबाही गरेको थियो ।
तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिन अस्वीकार गरेपछि यादव पक्षले अधिकाकिरताको विवादमा निवदेन दिएको छ । जेठ ७, ८, १७ र असार ३ गते बोलाइएको बैठकमा अध्यक्ष ठाकुर अनुपस्थित भएको, फरक सूचनाका आधारमा बैठक स्थगित गरी पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारी गुटगत गतिविधि गरेको यादव पक्षको दाबी छ ।
पार्टीलाई कानून बमोजिम बहुमतका आधारमा सञ्चालनका लागि आधिकारिकता विवाद टुंग्याउनु परेको निवेदनमा उल्लेख छ । यसअघि दुवै पक्षले एक अर्कालाई कारबाही गर्दै विवरण अद्यावधिकका लागि निवेदन दिए पनि आयोगले दुवै पक्षका दाबी खारेज गर्दै महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नै आधिकारिक भएको निर्णय गरेको थियो। । हिजो बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो ।