पछिल्लो २४ घण्टामा थप २,७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

फिल्को मिसन

२०७८असार,४शुक्रबार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९ सय ६३ तथा एन्टिजेन विधिबाट ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ४ हजार २० जना सङ्क्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो
                                                                                           कुन जिल्लामा कति कोरोना संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसर सबैभन्दा धेरै काठमाडौंमा ३९४, बागलुङमा २६२, कास्कीमा १२२, झापामा १२१, मोरङमा ११८ र नुवाकोटमा ७४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सुनसरीमा ६७, लमजुङमा ६१, ललितपुरमा ६०, भक्तपुरमा ५४, मकवानपुर र पर्वतमा ४८/४८ जना, काभ्रेपलाञ्चोकमा ४३, बर्दियामा ४० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सर्लाही, धादिङमा ३०/३० जना, दाङमा २९, जुम्लामा २३, स्याङजामा २२, रौतहटमा १९, धनुषामा १७, सिन्धुलीमा १६,नवलपरासी पूर्वमा १४, सिरहमा १३, सप्तरीमा १२, खोटाङ, महोत्तरी, बाँके र रूपन्देहीमा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ
धनकुटा र तनहुँमा ९/९ जना, अछाम र कैलालीमा ८/८ जना,दैलेखमा ७,बारा, कपिलवस्तु, डडेलधुरामा ६ जना, भोजपुर, पर्सा, म्याग्दी, मुगु र डोटीमा ५, इलाम, उदयपुर, नवलपरासी पश्चिम र कञ्चनपुरमा ४/४ जना, संखुवासभा, सिन्धुपाल्चोक, गोरखा, पाल्पामा ३/३ जना, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, प्युठान र सल्यानमा २/२ जना, ओखलढुंगा, पाँचथर, दोलखा, रसुवा, जाजरकोट र बैतडीमा १/१ जना कोरोना संक्रमित थपिएको छ ।यस्तै १० वर्ष मुनिका ६८ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस