छोरी–बुहारी प्राविधिक शिक्षाका लागि हुम्लाबाट छात्रबृत्ती

बाँच बहादुर विक

२०७८असार ५गते शनिबार
हुम्ला । छोरी–बुहारीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रबृत्तीे सामाजिक विकास कार्यलय हुम्लाले आज नामवली प्रकाशित गरेको छ।
कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका छोरी–बुहारी, दलित र अपाङ्ग विद्यालर्थीहरुको लागि छात्रबृत्ती छनोवट गरेकोे सामाजिक विकास कार्यालय हुम्लाका सूचाना अधिकारी धर्मराज बोहराले जानकारी दिनु भयो । प्राविधिक शिक्षा पढ्ने चाहना भएपनि आर्थिक अवस्थाले गर्दा प्राविधिक शिक्षा पढ्नबाट वञ्चित भएका छोरी–बुहारीलाई छात्रवृति दिएर पढाउन थालिएको छ ।
प्राविधिक तथा उच्च शिक्षा अध्ययका लागि छोरी–बुहारी, दलित र अपाङ्ग विद्यालर्थीको पहुँच बढाउन प्रदेश सरकारले चालू शैक्षिक–सत्रमा सामाजिक विकास कार्यालय हुम्लाबाट छोरी–बुहारी १०जना,दलित ६जना, अपाङ्ग ५ गरि जम्मा ३० जनालाई छात्रृृत्ति प्रदान गर्ने भएको छ । सामाजिक विकास कार्यलय हुम्लाका कार्यलय प्रमुख रेशम बहादुर खत्रिले छोरी–बुहारी १ एक लाखा, दलित र अपाङ्ग लाई २४हजार छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७७/०७८ मा प्रदेश सरकारले हुम्लाको लागि ३० जना छोरी–बुहारी पढाउनको लागि छात्रबृति दिइरहेको छ । नर्सिङ, एचए, फार्मेसी, ल्याव टेक्निसियन, रेडियोलोजिस्ट, बाली विज्ञान, बागवानी, पशु विज्ञान, वन विज्ञान, इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्नका लागि प्रदेश सरकारले छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
छोरी–बुहारी छात्रवृत्ति कार्यक्रममा सहभागी पाउनका लागि सरकारी विद्यालयबाट एसएलसी÷एसईई उत्तीर्ण गरेको , कर्णाली प्रदेशभित्रको स्थायी बासिन्दा हो भनि स्थानीय तहले सिफारिस गरेको साथै प्राविधिक विषय अध्ययनका लागि भर्ना भई नियमित अध्ययनका साथै अन्य कुनै सरकारी छात्रवृत्ति नपाएको लाई मात्रै मापदण्ड बनाएको सामाजिक विकास कार्यालय हुम्लाका सूचाना अधिकारी बोहराले बताए ।

 

प्रतिक्रिया दिनुहोस