पहिरोले पाइप बगाएपछि हिल्सामा खानेपानी खानेपानी अभाव

फिल्को मिसन

२०७८असार ५गते शनिबार
सिमकोट । चीनसँग सिमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो बगाएपछि खानेपानीको खानेपानी समस्या बनाएको छ । हिल्साको नौमुलेमा रहेको मुहानमा माथिबाट आएको पहिरोले पाइप लाइन बगाउँदा खानोपानी अवरुद्ध भएको हो ।शुक्रवार बेलुका खानेपानीको मुहान रहेको नौमुलेमा माथिबाट आएको पहिरोले सबै पाइप लाइन बगाएको हिल्साका होटेल व्यवसायी सण्डुप लामाले बताए ।चीनसँगको सिमाना पर्ने हिल्सामा पहिरो जाँदा नब्बे घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइप लाइन बगाउँदा पानीको समस्या भएको लामाले बताए ।माथिबाटै धलिो पानी बगेर आएको हुनाले आकाशबाट आएर टिनबाट तैरिएको पानी थापेर खानुपर्ने अवस्था रहेको लामाले जानकारी दिए ।

खोलाको वहाव बढेको, पानी लिन जानलाई समस्या, पुरै खोला धमिलो आईरहेको छ र शुक्रबार देखि अहिले सम्म धमिलो पानी आउन नरोकिएको लामाले बताए ।  पाइप लाइन बगाएर पछि हिल्साका नब्बे घरधुरीलाई खानेपानीको समस्या भएको छ । अहिलेसम्म ट्याङ्की भएका घरमा जम्मा रहेको पानीले चले पनि ट्याङ्की नभएका घरलाई भने समस्या सुरु भएको छ ।यता सिमा सुरक्षा प्रहरी चौकी (विओपी) का सुरक्षाकर्मीले पनि पहिले ट्याङ्कीमा भएको पानी प्रयोग गरि रहेको र दुई दिनपछि समस्या हुने देखिएको छ ।बस्ती तलको कर्णाली नदीको पानी पहिरोले धमिलो भएको कारण पिउन योग्य नरहेको उहाँले बताउनुभयो । पहिरोले खानेपानीका पाईप लाइनका साथै बीस मिटर भन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ ।  हाल हिल्सामा २२ जना सर्वसाधारण र १५ जनासिमा सुरक्षा चौकीका सुरक्षाकर्मी बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस