आज २,४०१ जनामा संक्रमण, ३ हजार ६६० जना निको,थप ३४ जनाको मृत्यु

फिल्को मिसन

२०७८असार ५गते शनिबार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ५ लाख ५५ हजार ३ सय ४२ पुगेको छ । यो दर कुल सङ्क्रमितको ८९ दशमलव ३ प्रतिशत हो । यस्तै गत २४ घन्टामा देशभर थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ११ हजार ६ सय ९६ कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमा ७ हजार १० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टीजेन परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख १९ हजार ६ सय ३५ जना र एन्टीजेन विधिबाट २५ हजार ५ सय ७४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गत २४ घन्टामा थप ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस