बढी कार्बन उत्सर्जन गर्ने मुलुकका लागि योगदान सीमा प्रस्ताव

फिल्को मिसन

२०७८असार ५गते शनिबार
वाशिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वव्यापी कार्वनको वृद्धि न्यून विन्दुमा पु¥याउन सहयोग पु¥याउन अन्तर्राष्ट्रिय कार्वन मूल्य सीमा स्थापना गर्ने प्रस्ताव गरेको छ । कोषले उष्णता (ग्लोबल वार्मिङ) लाई कम गर्न र यस दशकमा कार्वनको वृद्धि न्यून विन्दुमा पु¥याउन अन्तर्राष्ट्रिय कार्वन मूल्य सीमा स्थापना गर्ने प्रस्ताव गरेको हो । कोषका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले कार्वनमा विस्तारै बढ्दो मूल्यले नयाँ र नवीकरणीय ऊर्जा, स्वच्छ गतिशीलता, र कार्वन प्रविधिको प्रयोगलाई न्यून बनाउन प्रोत्साहित गर्ने बताउनुभयो । उहाँले विश्वव्यापी तापक्रमलाई १ दशमलव ५ प्रतिशतदेखि दुई प्रतिशतसम्म सीमित गर्न सन् २०३० सम्ममा उत्सर्जनलाई एक चौथाइबाट ५० प्रतिशतसम्म कटौती गर्नुपर्ने आवश्यक हुने र यो दशकको अन्त्यसम्ममा प्रति टन ७५ अमेरिकी डलर बराबरको योगदानको वैश्विक उपायविना यस्तो सम्भावना नहुने पनि उल्लेख गर्नुभयो । हालको विश्वव्यापी औसत उत्सर्जन मूल्य प्रतिटन तीन डलर मात्र रहेको जानकारी दिँदै जर्जियावाले विश्वभर ६० भन्दा बढी नेसनल तथा सवनेशनल कार्वन मूल्य निर्धारण योजनाहरूको साथ प्रगति भएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस