पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको उपचारको क्रममा निधन

फिल्को मिसन

२०७८ असार ६गते आइतबार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको उपचारको क्रममा निधन भएको छ ।उहाँको गएरातिल लितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि विष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेकोमा सुधार नआएपछि थप उपचारका लागि गत जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । कांग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका विष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस