गण्डकी प्रदेशमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति

फिल्को मिसन

२०७८ असार ६गते आइतबा
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनता समजवादी पार्टी जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति भएका छन ।
गण्डकी प्रदेशमा रहेका जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् भने धनमाया पोखरेल लामा मन्त्री बन्न बाँकी छ ।
मुख्यमन्त्री पोखरेलले जसपासँग गरेको ४ बुँदे सहमतिमा सबै दलबाट २–२ जना सदस्य रहनेगरी उच्चस्तरीय संयन्त्र बनाउने, प्रदेशसभा रहेको डबल थ्रेस होल्डको प्रावधान हटाउने र राजनीतिक नियुक्तिहरुमा गठबन्धनको भावना सम्बोधन गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस