थप २८८२ जनामा संक्रमण, ५२ जनाको कोरोनाका कारण मृत्यु

फिल्को मिसन

२०७८ असार ६गते आइतबार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०,९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
यो अवधिमा ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार संक्रमणदर २१. ३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस