एक हप्ता पछि सुत्केरी महिलाको हेलिकप्टर बाट उद्धार
२०७८ असार ६गते आइतबार
हुम्ला । एक हप्ता देखि सुत्केरी व्यथा लागेकी गर्भवतीको आइतबार हेलिकप्टरले उद्धार गरेको छ ।लगातार पानी परिरहेकै कारण सुर्खेत तथा नेपालगन्ज बाट खराब मौसमकैकारणले हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवती महिलाको उद्धार हुन नसकेको हो । सिमकोट गाउँपालिका–६ की २७ वर्षकी जगतमाया रोकायालाई व्यथा लागेको र अस्पतालको प्रसूतिगृहमा उपचार गर्दा रगत जम्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेसन जिल्लामा गर्न नसकिने भएपछि जिल्लाबाहिर रिफर गरिएको थियो। छदिन देखि सुत्केरी व्याथा लागेको र बच्चा जन्माउन नसकेर पेटभित्रै बच्चाको मृत्यु भएको ले अवस्था जटिल भएका कारण बाहिर रिफर गरिएको अस्पातल हुम्लाका डाक्टर टसी लामाले बताए । आज आतबार बेलीकु साढे ५ बजे सुर्खेत प्रदेश अस्पतालमा गर्भवती महिलाका लाई उपचारको लागि उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाकी बरिष्ठ अनमी सरिता बोहराले बताइन ।
अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्य गरेर उद्धारका लागि हेलिकप्टरको व्यवस्था भए पनि लगातार वर्षा भइरहेका कारण आइतरबार हेलिकोप्टरले उद्धार गरेको छ ।