हुम्ला जिल्लानै पहिरोको उच्च जोखिमम, १४ घर विस्थापित
२०७८असार ५गते शनिबार
सिमकोट । लगातारको वर्षा र पहिरोका कारण उतरी जिल्ला हुम्लामा हुम्ला जिल्लाका सातैवटा गाउँपालिकामा पहिरोले घर पुरीदाँ १४ घर बिस्थापित भएका छन । ५ वटा घर उच्च जोखिममा परेका छन भने ६वटा घर आँशिकरुपले भत्केकोा जिल्ला प्रहकारी कार्यलय हुम्लाले बताएको छ ।
पहिरोको कारण हुम्ला जिल्ला नै उच्च जोखिममा छ । वर्षाका कारण हुम्लमा विभिन्न स्थानमा गएको पहिरोले यस वर्ष व्यापक धनजन क्षति गरेको जिल्ला प्रशासन कार्यालय हुम्लले जनाएको छ ।
जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका छन । गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगेपछि बसाइँ सरेको हस्तबहादुर शाहीले बताउनु भयो । जिल्ला प्रहरी कार्यलयको अहिले सम्म सिमकोट गाउँपालिकामा २वटा,खार्पुनाथमा २वट,अदचुलीमा २वटा,नाम्मखा गाउँपालिका १वटा र अन्य गाउँपालिकामा पहिरोले घर पुर्णरुपमा भत्केको विवरण आउने क्रम जारी भएको
अहिले सम्म ५० घर पहिरोको उच्च जोखिममा र खेतबारी, हिड््ने बाटो समेत पहिरोले भत्काएको सर्केगाढ गाउँपालिका प्रशासकीय अधिकृ रुद्ध बहादुर शाहले बताए । उनका अनुसार पहिरोले चार सर्केगाढ वडान. १ देखि वडा सम्मका किसानहरुले लगाएका खेतबारीमा पहिरो पुरीदाँ ३ हजार मेट्रीटन खाद्यन्नको खाद्यन्न अपुग हुने बताए । पहिरो कारण लार्खौ बढीको क्षति भएको छ । अहिले सम्म क्षतिको विवरण आउनेक्रम जारी छ ।