नेपाल प्रहरीका ५२ एसपी र ५७ डिएसपीको सरुवा

फिल्को मिसन

२०७८असार ८गते मंगलबार
काठमाडौं । नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णयानुसार, ५२ एसपी र ५७ जना डिएसपीको सरुवा गरिएको हो ।
जिल्ला कास्कीको प्रमुखमा आइजीपी सचिवालयका एसपी रमेश थापाको सरुवा भएको छ भने त्यस्तै, दानबहादुर कार्कीको कपिलवस्तु, दिनेश मैनालीको तनहुँ, नकुल पोखरेलको धनकुटा, पदमबहादुर विष्टको सुर्खेत, विश्व अधिकारीको कैलाली, मनोजकुमार केसीको रुपन्देही, मनोज यादवको पश्चिम नवलपरासी सरुवा भएको छ ।
एसपी महेन्द्रकुमार श्रेष्ठको इलाम, शिवकुमार श्रेष्ठको भक्तपुर र श्यामकृष्ण अधिकारीको बाँके सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस