हुम्लाका ४ वटा गाउँपालिकाले सार्वजनिक गरेयोे, १अर्बभन्दा बढीको बजेट

अर्जुन बोहरा

२०७८असार,१०बिहीबार
हुम्ला । हुम्ला जिल्लाका चार वटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १अर्ब ४२ करोड ३३ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अधिकांस गाउँपालिकामाले सडक, शिक्षा, स्वास्थ्य,भौतिकपुवधार र कषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्। बिहीवार गाउँ सभामा सिमकोट, खार्पुनाथ, अदानचुली र ताँजाकोट गाउँपालिकाले सो बजेट ल्याएका हुन्।
सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले०७८।७९ को बजेटमा सडक, मर्मत सम्भार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै राखेको छ रु ४६ करोड ४६ लाख ४५ हजार रुपैंया विनियोजित गरेको छ ।
आगामी वर्ष चालुतर्फ २६ करोड ९९ लाख २२ हजार र पूँजीगततर्फ १९ करोड ५७ लाख २२ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । सिमकोट गाउँपालिकाले चालुतर्फ चालुतर्फ ५८ ०९ प्रतिसत र पुजीगत तर्फ ४१.९ प्रतिसत वजेट विनियोजित गरिएको छ ।
जसमा पुर्वधार विकास तर्फ रु १८ करोड १२ लाख ६ हजार, अर्थिक विकास तर्फ १९ करोड ९३ लाख ४७ हजार, सामाजिक विकास तर्फ ४ करोड ९५ लाख २४ हजार वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड २० लाख र संस्थागत विकास तथा सुशासन कार्यक्रम तर्फ २ करोड २५ लाख ६८ हजार वजेट खर्च हुने अनुमान गरिएको छ ।
जसमा पुर्वधार विकास तर्फ रु १८ करोड १२ लाख ६ हजार, अर्थिक विकास तर्फ १९ करोड ९३ लाख ४७ हजार, सामाजिक विकास तर्फ ४ करोड ९५ लाख २४ हजार वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड २० लाख र संस्थागत विकास तथा सुशासन कार्यक्रम तर्फ २ करोड २२५ लाख ६८ हजार वजेट विनियोजित गरिएको छ । सो गाउँ पालिकाको गाउँ सभाको अध्यक्षता सोही गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको रहेको गाउँ सभामा उपाध्यक्ष वलि रावतले आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
त्यसैगरि खार्पुनाथ गाउँपालिकाले पनि ३६ करोड ६९ लाख ११ हजारको आगामि आर्थिक वर्ष २०७८।०७९ सालको बजेट प्रस्तुत गरिएको छ । चालू खर्चमा विनियोजित वजेट १७ करोड ४१ लाख १ हजार र पुजीगत तर्फ १९ करोड २६ लाख १० हजार विनियोजित गरिएको खार्पुनाथ गाउँपालिकामा अध्यक्ष कर्णबहादुर रावलले बताए । जसमा आर्थिक विकास तर्फ २ करोड २५ लाख मात्र, सामाजिक विकास १७ करोड ८१ लाख ४ हजार ५ सय ८४ मात्र, पूर्वाधार विकास ७ करोड ५५ लाख ६१ हजार मात्र, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र २ करोड ९ लाख १४ हजार मात्र), कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६ करोड ८८ लाख ३१ हजार ४ सय १६ को वजेट प्रस्तुत गरिएको खार्पुनाथ गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले जनाकारी दिए ।
हुम्लाको दक्षिण भेकमा बाजुरा संग जोडिएको ताँजाकोट गाउँपालिकाले ३१ करोड १९ लाखको बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए । सडक, पहिरो पीडितका लागि पुनर्निर्माण, स्वास्थ्य, शिक्षा र आयआर्जनलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष मल्लले जनाकारी दिनुभयो । दक्षिणीमा रहेको अर्को अदानचुली गाउँपालिकाले सडकलाई पहिलो,स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र आयआर्जनका क्षेत्रलाई पनि बजेटले प्राथमिकतामा गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताएका छन । त्यसैगरी अध्यक्ष फडेराले अनुसार आगमि बर्षको लागि गाउँपालिकाले २७ करोड ९८ लाख ६२ हजारको बजेट बिनियोजित गरेको बताए । हुम्लामा बाँकी ३वटा गाउँपालिकाले असार १८ गतेसम्ममा गाउँपरिष गर्ने बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस