लगातारको बर्षा हुँदा पाकेको गहुँ बालमा उम्रियो जमरा

फिल्को मिसन

२०७८असार,१०बिहीबार
हुम्ला। जेठमहिनामा पाक्ने लागेकोे गहुँ बालामा जमरा उम्रिएर नोक्सानी भएको छ। लगातारको वर्षाको कारण खेतबारीमा लगाएको गहुँबालामा पानी पसेपछि जमरा जस्तै उम्रेका खार्पुनाथ गाउँपालिका वडानं ५का स्थानीय किसान बलिराज शाहीले बताए ।
हुम्लामा प्रमुख खाद्यन्न बालीका रुपमा रहेको गहुँ यो वर्ष राम्रो फले पनि बालि भित्र्याउने बेला लगातार परेको पानीका कारण क्षति पुगेको किसानहरुले गुनोस पोखे ।
पाकेको गुहँका बालामा अहिले टुसा उम्रिए पछि रहर लाग्दो बाला देखेपछि किसानको चिन्तामा बदलिएको छ र्। यो सालको भारी बर्षले कुनै ठाँउमा बाडी पैरो आयो क्षति गरायो । बर्षले खार्पुनाथ गाँउपालिकाका याङ्चु,दुर्पा,ताग्ला ,बाँम्टा लगायतका सबैठाउँमा बाली टिप्ननदीई खेतमै बालामै जमरा उम्रिएर हामी लाई यो साल भोकभारीको चिन्ता हुने किसान बलिराज शाहीले बताए । ,
गहुँ बालीमा क्षति पुगेपछि हुम्लामा खाद्य संकटको अवस्था आउन सक्ने जोखिम पनि बढेको स्थानीयले बताएका छन् । बालामै उम्रिए पनि किसानहरुले बाली भित्र्याउन भने छोडेका छैनन् ।
खार्पुनाथ गाउँपालिकामा मात्र ८० रोपनी जग्गामा लगाएको गहुँमा क्षेती पुगेको छ । बाला टिपे पनि फसल काम नलाग्ने कृषि प्राबिधिकले बताएका छन् । देश सञ्चारका राजन रावतले हुम्लाका किसानले लगाएको गहुँ बालीका केही तस्बिरहरु खिचेका छन् । बाहिरबाट हेर्दा पहेँलै पाकेको गहुँ बाली देखिने तर बालाको अवस्था नष्ट भएको देखिपछि किसानलाई भोकमरीको चिन्ता थपिएको छ। खार्पुनाथ गाउँपालिकाका कृषि शाखाका प्राविधिक हर्कवीर रावलले हेर्दा बाला राम्रो देखिए पनि जमरा उम्रेर बिग्रिसकेको बताए।

प्रतिक्रिया दिनुहोस