ढुवानीको बिषयमा विवाद पछि झडप हुँदा ३ जनाको घाइते

मन्दिर सिंह

२०७८ असार, १२ शनिबार
सिमकोट । खाद्यन्नय ढुवानीको बिषयलाई लिएर विवाद पछि झडप हँदा तिन जनाको घाईते भएका छन । हुम्लाको सिमकोट गाउँपालिका वडानं ७ डाँडाफया गाउँसम्म नेपाल खाद्यय संस्थानबाट चालम किनेर टाक्यटर बाट आफनो घरतिर लैजानक्रममा विवाद भएको हो । चर्केा विवाद पछि झडप हुँदा रक्सीको बोतले प्रहार बाट एउटै घरका तिन जना सख्त घाईते भएका छन ।
डाँडाफया गाउँका स्थानिय बासिन्दाका एकै घरका आमा शिद्ध शाही,बुवा मन बहादुर शाही र छोरा प्रवेश शाहीलाई हिजै वेलुका ८ बजेतिर आक्रमण गरेका थिए । सोहि गाउँका उमेश शाही र दिेनेश सिंहले ढुवानीको बिषय लाई लिएर घाईते प्रवेश शाहीले २ कट्ट चामलको बोरा किन लोड गरेको भन्दै एकाासी रक्सिको बोतले टाउँकै टाउँकामा हानेको डाँडाफया गाउँका स्थानिय बासिन्दा आफनो नाम नबताउने शर्तामा बताए । हात हालहाल पछि उग्ररुप लिए पछि तिनै जना आमा बुवा र छोरोलाई समेत कुटपिट गरेको छन । उमेश शाहीले आफुले लोडगरेको ट्क्यकारमा किन प्रवेस शाहीले २वटा चामलको बोरा हालेको दावी गर्दै आएका छन ।
नेपाल खाद्ययँ संस्थान शाखा कार्याल हुम्लाले महिनावरीरुपमा दिँदै आएको चामल सिमकोट गाउँपालिका वडानं ७ का स्थानीयबासिन्दा लाई शुक्रबार वितरण गरेको थियो । सिमकोट बजारदेखि २घण्टाको मोटरबाटो लाग्ने समयमा गाउँका स्थानीयबासिन्दाले घरसम्म खाद्ययन्न ढुवानीको लागि सबै गाउँलेहरुको प्रति बोरा चामलको १सय रुपायाँ दिने अनुसार सल्लाहा भएको सिमकोट गाउँपालिका वडानं ७का वडा सदस्य जय बहादृर शाहीले बताए । तर उल्टै आफैले टक्याटर रिजाव गरेको भन्दै उमेश शाहीले प्रवेश शाही लाई हातपात गर्नेुको साथै विहर र रक्सिको बोतले टाउँकै टाउकामा प्रहार गरेको बताए ।
हिजो बेलुकी ८बजे विवादले उग्र रुप लिँदा दुवै पक्ष विच हात हालाहाल हुँदा उमेश शाही,दिनेश सिह लगायतका समुहले शाहीको टाउकोमा रक्सिबोेतलले प्रहार गरेका शाहले बताए । हिजै राती घटनस्थलमा जिल्ला प्रहरी कार्यलयको इनिस्पेक्टर दामी पुनको नेतृत्वमा गएको घाईतेको उद्धार गरेको छ भने पिडक पक्ष लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेलम्म शर्माका अनुसार घाईते तिन जना जिल्ला असपातल चेकजाँज भईरहेको र घटनामा संलग्न रहेका २जना लाइ पनि नियन्त्रण लिएको जानकारी दिनु भयो ।
घाईते शाहीले आफनै घरपवार माथि सांघातिक हमला भएको भन्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस