डोजर चालकले बकेटले हानेर वडाध्यक्षको हत्या,आरोपमा दुईजना पक्राउ

फिल्को मिसन

२०७८ असार, १२ शनिबार
सर्लाही । सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति जेसिभीको बकेटले प्रहार गरी हत्या भएको हो ।
वडा नं. ३ स्थित मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पुष्टि गरे ।
साँझमा नजिकैको पसलमा खाजा खानेक्रममा जेसिभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच बिबाद भएको थियो। शुक्रबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न बाँध स्थलमा गएका थिए ।
‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको मेयर देवकोटाले बताए । वडाध्यक्ष श्रेष्ठको हत्या गरेर शव त्यहि पुरेर चालक फरार भएका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका ३ का ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका १ का ३८ वर्षीय रविन भनिने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार विहान लालबन्दीबाट पक्राउ गरिएको छ । हत्या आरोपमा पक्राऊ दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ । मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस