राष्ट्रपति लाई प्रधानमन्त्रीको कार्यकर्ता झै काम गर्नुभयो : सभापति देउवाको भनाई

फिल्को मिसन

२०७८ असार, १२ शनिबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेर काम गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन्।
प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि नगरेको भन्दै असन्तुष्टि व्यक्त नेपाली काँग्रस पार्टी सभापति देवाले आक्रोस पोखे । संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले ’राष्ट्रपतिलाई हामीले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपछि उहाँलाई शंका लागेको भए सनाखत गर्न सक्नुहुन्थ्यो। राष्ट्रपतिले संविधानअनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा नगरेपछि आफूहरु अदालत जानुपरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस