प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा आज पनि बहस सकिंदै

फिल्को मिसन

२०७८असार,१३आईतबार
काठमाण्डौं । प्रतिनिधिसभा विघटनको मुद्दामा संंवैधानिक इजलासमा आज पनि बह हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटनको घोषाणा गरेपछि नेपाली काँग्रेस लगायतका विपक्षी दल विरोधमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
यसविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि संवैधानिक इजलासमा बहस भइरहेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयावधिमा विपक्षी दलले काँग्रेस सभापतिसमेत रहनुभएका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै दावी पेश गरेका थिए ।
तर राष्ट्रपतिले दावी नपुगेको भन्दै चुनाव घोषणासहित प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी दल रिट लिएर सर्वोच्चमा गएका थिए । उक्त रिट निवेदकको तर्फका कानुन व्यवसायीलाई बहसका लागि छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ । आज बहस गरेपछि रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिनेछ
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले बहस सुरु गर्ने सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस