बेलायती स्वास्थ्यमन्त्री म्याटद्वारा राजीनामा

२०७८असार,१३आईतबार
लण्डन । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिनुभएको छ । कोरोना महामारीलाई ध्यानमा राखी बेलायत सरकारले निर्धारण गरेको सामाजीक भौतिक दुरी सम्बन्धीत नियमलाई उल्लघंन गरेको र मन्त्रालयमा काम गर्ने महिलालाई चुम्बन गरेको आरोप लागेपछि उहाँले राजीनामा दिनुभएको हो । प्रधानमन्त्री बोरिस जोनसोनलाई राजीनामा पत्र लेख्दै ह्यानककले कोरोनाको निर्देशन र नियमको उल्लंघन गरेकोमा माफी समेत माग्नुभएको छ । ह्यानककले पदबाट राजीनामा दिएपछि साजिद जावेदलाई बेलायतको नयाँ स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइएको छ