सञ्चारकर्मीले हुम्लामै प्रेस पास पाउँदा खुशी, १९ लाख जोगियो

मन्दिर सिंह

२०७८ १६गते सोमबार
हुम्ला । सूचना तथा प्रसारण विभागले हुम्लामै एकिकृत सञ्चार शिविर सञ्चालन बाट ३३ जनाको प्रेस पास नविकरण तथा वितरण गरेको छ ।
सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मीले सुचना बिभागको प्रेश पास बनाउन एक जनाले हुम्लाबाट काठमाण्डोैंमा ६० हजार लाग्ने खर्च तीन सयमा बनाउनेमा प्रेस पास पाएका छन । हुम्लामै एकिकृत सञ्चार शिविर सञ्चालन गर्न प्रेश काउन्सील सहितको टोली जिल्लामै आउदा सबै खर्च बचेको पत्रकार महासंघका जिल्ला शाँखाका अध्यक्ष राजन रावत बताए । प्रेस पास सहितको अनलाई पत्रिका दर्ता गर्न र नविकरण गर्दा प्रत्येक व्यक्ति लाई ६० हजार लाग्ने भएकोले अहिले जिल्लाका कार्यरत ३३ जना पत्रकार बाट १९लाख ८० हजार रुपायाँ जोगिएको छ ।
जिल्लामा संञ्चार क्षेत्रका कार्यरत सञ्चारकर्मीहरुले सुचना बिभागद्धारा वितरण हुने प्रेश पास यो पटक हुम्लामा पुगेको छ । प्रेश काउन्सील, न्यूनतम पारिश्रमिक निर्धारण समिति र सुचना विभागले जिल्लामै एकिकृत सञ्चार शिविर हुम्लामै संचालन गर्दा सहज भएको जिल्ला शाँखाका पुर्व अध्यक्ष रमेश ऐडी बताउनु भयो । उक्त पास बनाउन हुम्लाबाट काठमाडौं जानु पर्ने र कम्तीमा ६०/७० हजार बढि खर्च हुने गरेको आफनो अनुभव शाँखाका पुर्व अध्यक्ष ऐडी सुनाउनु भयो । तर यो शिवीर संचालन हुँदा जिल्लाका सञ्चारकर्मीका तिन सयमै पास बनेको बताए ।
शिविर सञ्चालन गर्न आउनु भएका सुचना विभागका निर्देशक भरत गौतमले जिल्लामा विभिन्न संञ्चार माध्याममा आबद्ध ३३ जना सञ्चारकर्मी, दुई वटा अनलाईन नयाँ दर्ता, १ वटा अनलाईनको नविकरण भएको बताए । दुई जना सञ्चारकर्मीले पत्रकारिता क्षेत्रमा काम गरेको आफ्नो अनुभव प्रमाणित गरेर पास लिएका छन् । निर्देशक गौतमले बिकटमा पत्रकारिता क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुको समस्यालाई ध्यानमा राखेर बिभागले शिविर सञ्चालन गरेको बताए । विभागका निर्देशक भरत गौतमले तीनदिने शिविरका क्रममा जिल्लामा विभिन्न सञ्चारमाध्याममा आबद्ध ३३ सञ्चारकर्मी, दुई अनलाइन नयाँ दर्ता, एक अनलायनको नवीकरण भएको बताउनुभयो ।
दुई सञ्चारकर्मीले पत्रकारिता क्षेत्रमा काम गरेको आफ्नो अनुभव प्रमाणित गरेर पास लिएका छन् । निर्देशक गौतमले विकटमा काम गर्ने सञ्चारकर्मीको समस्यालाई ध्यानमा राखेर शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । काउन्लिका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको सैद्धान्तिक ज्ञान र नीति नियमको कमी भएका बेला जिल्लाका सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सञ्चालन गरिएको बताउनुभयो ।
शिविरमा पत्रकारिताको ज्ञान, सीपदेखि पत्रकार आचारसंहिता, मिडिया कोषले उपलब्ध गराउने सुविधाका बारेमा जानकारी गराइएको थियो । पत्रकारिताका बारेम डाक्टर बिजय मिश्रले सहजिकरण गर्नु भएको थियो । त्यसै गरि सुचना बिभागद्धारा जारी हुने प्रकृयाका बारेमा पनि जानकारी गरिएको छ । यसका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, काउन्सील सदस्य दिपक पाण्डे, महासंघका सचिब गोबिन्द चौलागाई लगाएतको टोली हुम्लामा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस