नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो सञ्चार शिविर (घोषणापत्रको पूर्ण पाठसहित)

बाँच बहादुर विक

२०७८असार,१८गते
सिमकोट । हुम्लामा संचारकर्मीलाई लक्षित ष्.गरिएको एकिकृत सञ्चार शिविर ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रेश काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत लगाएत पत्रकारहरुको सहभागितामा सो घोषणा पत्र जारी गरिएको हो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य तथा रेडियो कर्णाली आवजका स्टेशन मेनेजर नवराज महताले उक्त घोषणापत्र प्रस्तुत गरेका थिए ।
घोषणापत्रमा नेपालको पत्रकारिताले हुम्लाको विद्यमान प्राकृतिक, साँस्कृति, धार्मिक, जातिय, पर्यावणीय विविधता भन्दा पछ्यौटेपनालाई दयामुखी लिडबाट समावेश गर्ने गरेका कारण यहाँको नागरिकलाई हिनताबोध पैदा भएको भन्दै यस वास्तविकतालाई आत्म साथ गर्दै, राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यामलाई हुम्लाको विद्यमान विम्व परिवर्तन गर्न सकरात्मक र समुन्नतीका समाचार सामाग्री प्रकाशन तथा प्रशारण गर्न आग्रह गरिएको छ । प्रेश काउन्सील अन्र्तगतको मिडिया विकास कोषद्धारा प्रदान गरिदै आएको सञ्चारकर्मीहरुका लागि आवश्यक सामाग्री खरिदमा हाल दिदै आएको ४०% प्रतिशत अनुदानलाई ६०% प्रतिशतमा पुर्याउन र लोक कल्याणकारी विज्ञापनलाई ५०% प्रतिशतमा वृद्धि गर्न माग गरिएको छ ।
हुम्ला लगाएतका हिमाली जिल्लामा विभिन्न सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मीलाई स्ट्रिन्जरका रुपमा काम गर्दै आएकोमा त्यसको सट्टामा पुर्णकालीन व्यवस्था गर्न पनि घोषणा पत्रले सरोकारवाला पक्षलाई आग्रह गरिएको छ ।
घोषणापत्रले सरकारले आर्थिक वर्ष ०७८।०७९ को बजेट मार्फत पत्रकारका लागि निशुल्क उपचार गर्ने र ७ लाखको स्वास्थ्य विमा कार्यक्रम ल्याएकोमा त्यसको स्वागत गर्दै पत्रकारका लागि सञ्चार सुविधामा ५०% प्रतिशत छुट गर्न शिविरले आग्रह गरेको छ । शिविरबाट जारी भएका घोषणापत्रका उल्लेख भएको कुरालाई कार्यान्वयन गर्नका लागि पहल गर्ने काउन्सीलका अध्यक्ष बस्नेतले बताउदै दुर्गमको पत्रकारिताको बिकासमा सबै क्षेत्रले ध्यान दिनु पर्ने बताए ।
काउन्सील अध्यक्ष बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, प्रेश युनियनका अध्यक्ष बद्री सिग्देल, सुचना विभागका निर्देशक भरत गौतम, पत्रकार महासंघका सचिव गोविन्द प्रसाद चौलागाई, प्रेश काउन्सीका सदस्य दिपक पाण्डेको उपस्थितीमा नौ बुदे घोषणा पत्र जारि गरिएको हो ।

घोषणापत्रको पूर्ण पाठसहित

प्रतिक्रिया दिनुहोस