प्रदेश सरकारको बेवास्ता गर्दा प्रहरी चौकीको भवन अधुरै

अर्जुन बोहरा

२०७८असार १९ शनिबार
सिमकोट । हुम्लाको मैलाको कवडी चौकी र हिल्साको सिमानामा रहेको प्रहरीको भवन तिन बर्ष बितिसक्दा पनि कर्णाली प्रदेश सरकाले बजेट निरन्तारता नदिदा प्रहरी चौकीको भवन अल्पत्र परेको छ । चिनको तिब्तसंग जोडिएको हिल्सामा रहेको सिमा प्रहरी चौकी भवन र बाजुरा नजिकै रहेको मैला कवडी प्रहरी चौकीको भवन गएको आर्थिक बर्ष२०७५÷०७६साल देखि निर्माधिन भवन अधुरै छोडेर गएको छ ।
हुम्लामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सिता नेपालीले जिल्ला प्रहरी कार्यालय हुम्लामा निरिक्षण गर्न क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले पुन निर्माधिन भवन बनाउन आग्रह गरे । कानून मन्त्री नेपालीले आयोजना गरेको संचारकर्मि लाई तिन दिने शिवरको उद्दघाटन गर्न पुगेकी कानून मन्त्री नेपालीले प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनौती समेत सामाना गर्नुपर्ने बताईन ।

??????

जिल्ला प्रहरी कार्यालयको सुरक्षा अबस्थाको बारेमा बुझेर जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख संग कानून मन्त्री नेपालीले बिर्फिङ्ग गर्नुभएको थियो ।जिल्ला प्रहरी कार्यालय जीर्ण र कच्ची भवनमै बसेर शान्ति सुरक्षा दिइरहको प्रहरी कार्यालय हुम्लामा मुद्धा लागेका थुनुवा राख्ने ठाउँ छैन। कतिपय प्रहरीले नियन्त्रण लिएको मुद्धा लागेको थुनावा संगै एक ठाउँमा राख्नु परेको प्रहरी नायव उपरिक्षक शर्माले बताए ।

प्रहरी सिपाई देखि प्रहरी अफिसर सम्म आवस नभएको महिला प्रहरी लाई बस्नको लागि भवन नभएको स्थानीयको घर भाडामा बस्ने गरेको प्रहरी नायव उपरिक्षक शर्माले कानुनि मन्त्रि नेपाली लाई समस्या दर्शाए । नागरिकको सुरक्षामा खटिनुपर्ने प्रहरीलाई आबस नहुँदा चिन्ता ब्यक्त गर्नुभयो ।
जिल्ला भरि १९ वटा प्रहरी इकाई रहेता पनि ५ वटा इकाईमा आफनै भवन छ । अन्य १४ वटा प्रहरी ईकाइ स्थानीय बासिन्दाको घरमा भाडा लिएर बसेका छन । जिल्ला प्रहरी चौकी १३ वटा छन भने प्रहरी चौकी ३ वटा सिमा प्रहरी चौकी चाईनाको सिमानासँग जोडिएका छन । शसस्त्र प्रहरी नायव उपरिक्षक गेहेन्द्र भण्डारी, अनुसन्धार डिएस्पी सन्जिब चौधरीले आफनो भवन नभएको बताएका छन ।
त्यस्तै जिल्लाका सुरुक्षा निकायाका भौतिक संचारनाको अबस्थाको बारेमा निरक्षणकै क्रममा प्रहरीलाई आबस्यक पर्ने भौतिक सुविधा तथा आबस्यकताका बारेमा पनि पहल गर्ने बताउनु भयो ।चार गाउँपालिका सडक संजाल जोडिएपछि सूक्षार्थीमा खटिने प्रहरीलाई एक ठाउँबाट अर्काे ठाउँमा जानको लागि प्रहरी भेनको आवश्यतकता भएको माग राखेको छन नाम्खा गाउँपालिको वडानं ५मुचको हिल्सा शसस्त्र प्रहरी वल विओपी र त्यसै गरि यसै बर्ष आर्थिक बर्षमा लिमीको लाप्चामा विओपी राख्ने तयारी गरेको तर आवासन भएको बताए ।

प्रतिक्रिया दिनुहोस