प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस

फिल्को मिसन

२०७८असार,२०गते आईतबार
काठमाडौै । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन ब्यवसायीहरुले बहस गर्दैछन । सभामुख सापकोटाको तर्फबाट पाँचजना कानुन व्यवसायीले आज बहस गर्ने छन् । उनीहरुका लागि छुट्टाइएको दुई घण्टाको समयमा बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस सुरु गरिने सर्वोच्चले जनाएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने तथा प्रतिनिधि सभा विघटनको घोषणा रद्द गर्न मागसहित १ सय ४६ सांसदको तर्फबाट दायर रिटमा सुनुवाइ चलिरहेको छ । जवाफी बहस भोलि सकिने सम्भावना छ । त्यसपछि नेपाल बार एशोसियनका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्न दुई घण्टा समय निर्धारण गरिएको छ नयाँ सरकार बन्ने विकल्प हुँदा हुँदै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस