कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट गराउन तयारी

फिल्को मिसन

२०७८असार,२०गते आईतबार
काठमाडौै । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।
यसैका आधारमा सरकारसँग अनुमति मागेको बोर्डले जनाएको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागेको हो । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए रीक्षाको प्रक्रिया अगाडि बढाइनेछ । उहाँले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले भने बोर्डको प्रस्तावमा छलफल गरेर मात्रै निर्णय बताउनुभयो । यसअघि जेठ २६ गतेबाट हुने तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस