ट्यूनीशिया नजिकै डुङ्गा डुब्दा ४३ जनाको मृत्यु

एजेन्सी

२०७८असार,२०गते आईतबार

एजेन्सी । ट्यूनीशिया नजिकै डुङ्गा डुब्दा ४३ जना आप्रवासीको मृत्यु भएको छ । ट्यूनीशियाको रेड क्रीसेन्टका अनुसार आप्रवासिहरु सवार डुङ्गा लीबियाको जुवारा बन्दरगाहबाट भूमध्य सागर तर्फ जाँदै गरेको थियो । रेड क्रीसेन्टका प्रमुख मोगी स्लिमले दुर्घटनामा परेकामध्ये ८४ जनालाई सकुशल उद्दार गरिएको बताउनुभएको बीबीसीले लेखेको छ । डुङ्गामा मिस्र, सुडान र बांग्लादेशका नागरिक सवार थिए । डुङ्गाको इन्जिनमा समस्या आएकोले डुङ्गा पानीमा डुबेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस