वालगृहबाट हुम्लाका ९बालकलाई उद्धार : पुन परिवार पुनर्मिलन

बाँच बहादुर विक


२०७८असार,२०गते आईतबार

सिमकोट । काठमाडौको ताकेश्वर नगापालिका वडानं ६ धर्मस्थली स्थित लाईट फर नेशल बालगृहमा रहेको हिमाली नवीन समाज संस्थाले हुम्लाका ९बालिकाहरु उद्धा गरि उनीहरुको अभिभावकको जिम्मा लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा अदनचुली गाउँपालिका वडानं ६लमहि घर भएका ९बर्ष २जना र १० बर्षको केटी गरी ३ जना टमटा थरका बालक रहेको बताएको छ । त्यसै गरि सो गाउँपालिका पाल्सा घर भएका ९बर्षिय गोपाल (नाम परिवर्तन) र ७ बषिर्य निर्मला (नाम परिवर्तन) टमटा थरकि लाई आफन्त संग बुझाएको छ । अदनचुली गाउँपालिका–५काँके निबासी ९ बर्षका केटा जान र १२ बर्षकी केटी शाही थरका आईतबार परिवार पुनर्मिलन गरिएको छ । खार्पनाथ गाउँपालिका वडानं १को गोप्पाका १६बर्षिय विक थरका आफन्तले बझि लिएका छन ।
सर्केगाढ गाउँपालिका २निबासी जसबहादुर विक भन्ने शिक्षक मार्फत लाईट फर नेशन बालगृहमा कक्षा १२ सम्म पढाउने आशामा अभिभावले बच्चाहरु पठाएको अभिवकले बताए । राष्ट्रिय बाल अधिकार परिषद,ताकेश्वर नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द« ( १०४) र प्रहरी चौकी धर्मस्थलीको संयुक्तको टोलिले ८जना बालवालिका र महनगरीय प्रहरी वृत्त नयाँबानेश्वरले काठमाण्डौं महानगर पालिका १०इन्द«ेणी फुडल्यैण्ड नजिक सडकबाट १जना बालक लाई २०७७साल चैत ९उद्धार हिमाली नबिन समाज संस्थालाई जिम्मा लगाएको थियो । उद्दार गरी पारिवारिक पुनस्र्थापनाको लागि हिमाली नवीन समाज संस्थाका कार्यारत प्रतिनिधी प्रभुजन शाहीले जानकारी दिनु भयो ।
राष्ट्रिय बाल अधिकार परिषद लगायतको संयुक्त अनुगमन गर्ने क्रममा उक्त बालगृहमा नेपाल सरकारको बालगृह संचालन सम्वन्धी मापदण्ड २०६९को विपरित संचालनमा रहेको पाईएपछि त्यहाँ रहेका वालवालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने निर्णय गरिएको छ ।
पछिल्लो समय बालबालिकाहरुलाई निशुल्क पढ्नलेख्न र बस्न दिने प्रलोभन देखाइ वालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाट समेत रकम असुल गरेको देखिएको छ ।आफना २वटा बच्चा लाई कक्षा १२ सम्मा पढाई दिन्छु भनिकन म बाट १लाखा नगद दिएको अदनचुलीका ६ निवासी लाल बहादुर शाहीले दुखेसो पोख्नु भयो ।

हुम्लाको अदनुचुली गाउँपालिकाबाट बर्षेनी धेरै बालबालिकाहरु निशुल्क गुणस्तरीय शिक्षाको बहानामा बालगृहमा ओसारपसार हुने खुलासा गरेको छ । बालबालिका र उनीहरुको अभिभावकहरुलाई अनाबश्यक प्रलोभन देखाई बालबालिकाहरुलाई अवैध ढंगले अभिभावक भएका बालबालिकाहरुलाई पनि बालगृहमा भर्ना गर्ने प्रचलन बढेकोले सम्वन्धित निकायले यस सम्वन्धमा चासो दिनुपर्ने हिमाली नवीन संस्थाका प्रतिनिधी शाहीले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आर्चायाले उद्धार गरेका बालबालिका लाई आफुबाट ५हजार बराबरको बालबालिका लाई स्टेशनरी सामग्री प्रदा गरेको छ । हिमाली नविन समाज हुम्लाले पनि प्रत्येक लाई झोला सहित कापी कलम सहयोग गरेको छ ।
स्थानीय निकाया संचालन भयसंगै बालगृहमा पढाई दिने आशामा पछिल्लो समयमा सिफारिस बढे बालगृहले गाउँमा एजेण्ट खटाएर अभिभावकहरुसंग उल्टो रकम लिएर किर्ते कागजात तयार पारी वालवालिकालाई वालगृहमा लैजाने गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस